Logo

अमेरिकामा ह्वात्तै घट्यो कोरोनाबाट मृत्यु हुनेको संख्या



Spread the love

१९ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ४ सय ३९  जनाको मृत्यु भएको छ भने हिजो १ तारिखमा १ हजार ८१ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या अप्रत्याशित रूपले घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको हो । ४८ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ५८ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ भने ४८ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । २३ लाख ७७ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्