Logo

भारतमा कोरोनबाट मृत्यु हुनेको संख्या घट्यो, संक्रमित थपिने क्रम रोकिएन



Spread the love

१९ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ८ सय ५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ७ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५२ हजार ७ सय ८३ जना संक्रमित हुँदा ७ सय ५८ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा १८ लाख ४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ११ लाख ८७ हजारभन्दा बढी निको भइसकेका छन् भने ३८ हजार १ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्