Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२० साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ५ सय ४५  जनाको मृत्यु भएको छ भने हिजो ३ तारिखमा ४ सय ३९ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको हो । ४७ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ५८ हजार ९ सय ६ जनाको मृत्यु भएको छ भने ४८ लाख ६१ हजार भन्दा बढी संक्रमित भएका छन् । २४ लाख ४५ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्