Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२० साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ७ सय ५८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५० हजार ६ सय २९ जना संक्रमित हुँदा ८ सय १० जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा १८ लाख ५५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १२ लाख ३० हजारभन्दा बढी निको भइसकेका छन् भने ३८ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्