Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२१ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ८ सय १० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५१ हजार २ सय ८२ जना संक्रमित हुँदा ८ सय ४९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा १९ लाख ६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १२ लाख ८१ हजारभन्दा बढी निको भइसकेका छन् भने ३९ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्