Logo

कक्षा ११ काे परीक्षा शुल्क फिर्ता हुने



Spread the love

२१ साउन, काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले बुझाएकाे परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । वार्षिक परीक्षा नै नलिने भएपछि बोर्डले परीक्षा शुल्क फिर्ता गर्ने भएकाे हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दिएको जानकारी अनुसार परीक्षार्थीले बुझाएकाे ६ सयमध्ये ४ सय फिर्ता हुने भएकाे हो ।

फिर्ता नहुने २ सय भने बोर्डले परीक्षाकाे तयारीबापत कट्टा गरिने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्