
२१ साउन, काठमाडाैँ – नेपालमा पुनः जोरबिजोर प्रणाली लागु भएकाे छ । सरकारले साउन २२ गतेदेखि लागु हुनेगरी सार्वजनिक तथा नीजि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने भएको हो ।
बुधबार गृह मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै त्यसकाे रोकथामका लागि भन्दै भएका निर्णयबारे विज्ञप्ती जारी गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तीमा काठमाडाैँ सहित २०० भन्दा बढी सक्रिय कोरोना भाइरसका केश भएका स्थानमा सवारीमा जोर बिजोर प्रणाली लागु हुने उल्लेख गरिएको छ ।
यसका साथै होटल तथा रेष्टुरेन्टमा हुने सामुहिक जमघट, पार्टी तथा सेमिनारमा समेत निषेध गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्