Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन उच्च



Spread the love

२२ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ८ सय ४९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५६ हजार ६ सय २६ जना संक्रमित हुँदा ९ सय १९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा १९ लाख ६३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १३ लाख २७ हजारभन्दा बढी निको भइसकेका छन् भने ४० हजार ७ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । गएको २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै काेरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्