Logo

जसपाका सांसद यादवमा कोरोना संक्रमण देखिएपछि सचिवालयका ८ कर्मचारी आइसोलेसनमा



Spread the love

२२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव संक्रमित भएपछि संसद सचिवालयका ८ कर्मचारी आइसोलेसनमा बसेका छन् ।

सांसद यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली २ साता अघि सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

सांसद यादव चढेको गाडीका ३ जनालाई कोरोना संक्रमण भएको छ । ८ कर्मचारीहरुको वीर अस्पतालमा पीसीआर परीक्षण गरिएपनि रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्