Logo

कोरोना संक्रमित मन्त्रीले भेटेका थिए प्रधानमन्त्री ओलीसहितका शीर्ष नेतृत्वलाई



Spread the love

२२ साउन काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्री यादवले काठमाण्डौमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीसँग भेट गरेका थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी जनकपुरमै होम आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्