Logo

अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि



Spread the love

२२ साउन काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा थप परीक्षण गराउँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्