Logo

“लकडाउन गर्ने पक्षमा छैन सरकार” – युवराज खतिवडा



Spread the love

२२ साउन, काठमाडौं । सरकार लकडाउन गर्ने पक्षमा नभएको अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले बताएका छन् । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रष्ट पारेका छन् ।

उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने स्पष्ट पारेका छन् ।

उनले अहिले बढेको संक्रमणको जोखिमले अति उद्दार भएर सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्