Logo

अत्यावश्यक बाहेकका सबै सेवा बन्द



Spread the love

२२ साउन, बुटवल – कपिलवस्तुमा समुदायमा कोरोना संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले कडाई गरेको छ । कपिलवस्तुमा भोलिबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले भोलिबाट १० दिनसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

आज मात्रै एकैपटक २५ जनालाई कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो । आज कोरोना भेटिएका बैकका कर्मचारीदेखि स्वास्थ्यकर्मीसम्म रहेका छन् ।

प्रशासन कार्यलयले आज एक सूचना जारी गर्दै यहि साउन २३ गते बिहान ५ बजेबाट लागू हुने गरी साउन ३२ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्