Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, संक्रमितकाे संख्यामा नयाँ रेकर्ड



Spread the love

२१ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ९ सय १९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ सय ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६२ हजार १ सय ७० जना संक्रमित हुँदा ८ सय ९९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २० लाख २५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १३ लाख ७७ हजारभन्दा बढी निको भइसकेका छन् भने ४१ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । गएको २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै काेरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्