Logo

काठमाडौं उपत्यका दिनप्रति दिन झन् भयावह बन्दै !



Spread the love
काठमाडौं उपत्यकामा एकैदिन १०२ जनामा कोरोना संक्रमण पुष्टि

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामाा एकैदिन एक सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको देखाएको छ ।

संक्रमितको संख्या बढेसँगै अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो । उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।

संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले जनाएको छ । ‘मंगलबारकै संक्रमितलाई व्यवस्थापन गरिसकेका थिएनौं, बुधबार झन् बढी थपिए,’ ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले भन्नुभयो, ‘अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिएका छौं ।’

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये २० जनालाई घरमै आइसोलेसनमा राखिएको छ । मंगलबार पुष्टि भएका ६९ जनामध्ये १५ जनालाई पनि घरमै आइसोलेसनमा राखिएको थियो ।

कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये ५६ जनालाई मात्रै दुवाकोटको केएमसी, प्रहरी अस्पताल र कीर्तिपुरको आयुर्वेद अस्पतालमा व्यवस्थापन गरिएको छ । संक्रमितमध्ये ३६ जनाको ट्राभल हिस्ट्री छ । ३२ जनालाई कोरोनाको लक्षणसमेत देखिएको छ । ‘संक्रमित केही गाउँ फर्किसकेछन्,’ कोइरालाले भन्नुभयो, ‘१६ जना सम्पर्कबाहिर छन् ।’

केहीको मोबाइल नम्बर गलत, केहीको मोबाइल स्विच अफ र अन्यको फोन नम्बर नहुँदा खोजी गर्न नसकिएको ईडीसीडीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्