Logo

नारायणकाजीको भूमिकाप्रति खनिए प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार



Spread the love

२३ साउन, काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठको भूमिकाप्रति आपत्ति जनाएका छन्। विष्णु रिमालले आफ्नै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन भनेका छन्।

“इनफ इज इनफ नारायणकाजी जी! कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्,” रिमालले ट्वीटर मार्फत भनेका छन्। रिमालले ‘विधि र पद्धती’को नक्कली गीत नगाउन समेत श्रेष्ठलाई आग्रह गरेका छन्। “बिधि र पद्धतीको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!,” रिमालले भनेका छन्।

पछिल्लोपटक नेकपामा विधि र पद्धतिको लडाई भन्दै नेताहरुको कित्ताकाट हुँदै आएको छ। यसै सन्दर्भमा अर्का अध्यक्ष पुष्पकलम दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्री ओलीको कदमको विरोध जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्