Logo

पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु



Spread the love

२३ साउन, ललितपुर । पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए भने अर्का ४५ वर्षीय संक्रमित महिला क्यान्सर पीडित थिइन् ।

बिहीबार साँझ पनि अस्पतालमा स्टार अस्पतालबाट रिफर गरिएको वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्