Logo

एघार हजार बालबालिका कुपोषणको शिकार



Spread the love

१ पौष, जलेश्वर : महोत्तरीका ११ हजार बालबालिका कुपोषणको शिकार भएका छन् । १ हजार ८ सय ८८ बच्चामा शिघ्र कुषोणको समस्या देखिएको छ भने, ९ हजार बच्चामा मध्य कुपोषणको जटिलता फेला परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए । ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषित छन् ।

जनस्वास्थ्य निरीक्षक झाका अनुसार, शिघ्र कुपोषण भएका पाँच सय बालबालिका स्वास्थ्य कार्यालयको सम्पर्कमा छन् भने अन्यको खोजी भइरहेको छ । कुपोषण ग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको, उमेर अनुसार तौल र उचाई नबढेको बताइएको छ । कुपोषित बच्चालाई सुपोषित बनाउन अभियान संचालन गरिने समेत जनाइएको छ ।

‘सामान्य अवस्थाका बच्चा भन्दा शिघ्र कुपोषण भएका बालबालिकाको मृत्युको संभावना नौ गुणा बढी हुन्छ भने कुपोषणको जटिलता झेलिरहेका बच्चाको मृत्यु ३ गुणा बढी रहन्छ,’ जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख राजिवकुमार झा भन्छन्, ‘पहिलो चरणमा शिघ्र कुपोषण भएका बालबालिकालाई पौष्टिक आहार वितरण गर्ने योजनामा छौं । ’

महोत्तरीका ११ स्थानमा पोषण युनिटको स्थापना गर्न लागिएको छ । बर्दिबास, लोहारपट्टी, रामगोपालपुर, गौशाला, पिपरा, एकडारा, बलवा, समरदही, विजलपुरा र जिल्ला अस्पताल जलेश्वरमा कुपोषित बच्चाको हेरचाह गर्न स्वास्थ्य कार्यालय पोषण युनिट खडा हुनेछ । पोषण युनिटबाट बच्चालाई तालिका अनुसार तौल हेर्ने पोषिलो आहार खुवाउने र आवश्यक उपचारको व्यवस्थान गर्न लागिएको हो ।

कुपोषण मुक्त महोत्तरी बनाउन जिल्ला भरीका स्वंयसेवीका एवं स्वास्थ्यकमीलाई पोषण सम्बन्धी तालिम चलिरहेको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्