Logo

रङ लगाएर कुकुरलाई बाघ बनाएपछि



Spread the love

२५ साउन, एजेन्सी – भारतमा एक जना किसानले बाँदरलाई खेतबाट हटाउने अनौठो तरीका अपनाएका छन्।

उनले आफ्नो घरको कुकुरलाई आफ्नो बाली बचाउनको लागि प्रयोग गरेका छन् । त्यो कुकुरलाई उनले बाँघको जस्तो रङ लगाएका छन् ।

यो ‘बाघ’ले धेरै काम गरीरहेको छ । बाँदरहरू यस कुकुरबाघसँग डराउँछन्। कुकुरलाई साँचो बाघ ठानि बाँदरहरू फार्म वरिपरि पनि आउन डराउँछन्।

“हामीलाई आशा छ कि यो कुकुरले आफ्नो बाघ अवतार कायम गर्नेछ । यो बाँदरको अगाडि पनि बिर्सिदैन। यदि कुकुर भन्ने थाहा पाएमा बाँदरले सताउनेछन् ।”किसानले भने ।
किसानले कुकुरलाई बाँघ बनाउन कपालमा लगाउने रङ तथा प्राकृतिक रङको प्रयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्