Logo

भारतमा कोरोनाका कारण एकैदिन १ हजार भन्दा बढीकाे मृत्यु



Spread the love

२६ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ८ सय ४० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६२ हजार १ सय १७ जना संक्रमित हुँदा १ हजार १३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २२ लाख १४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १५ लाख ३४ हजारभन्दा बढी निको भइसकेका छन् भने ४४ हजार ४ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्