Logo

किन सारे त प्रचण्डले डेरा?



Spread the love

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको वियोगपछि डेरा सरेका छन्। प्रकाशको आकस्मिक निधनपछि विक्षिप्ति रहेकी पत्नी सीता दाहालले लाजिम्पाट छोडेर सर्न पटकपटक आग्रह गरेपछि प्रचण्ड डेरा सरेका हुन् । लाजिम्पाटबाट नुवाकोट सूर्यगढीमा जन्मिएका र हाल सैलुङकन्टक्सन प्रालिका निर्देशक समेत रहेका शारदाप्रसाद अधिकारीको ललितपुर महानगरपालिका १५ स्थित खुमलटारमा रहेको निवासमा प्रचण्ड डेरा सरेका हुन् ।

अाजकाे अन्नपूर्णमा खबर छ-प्रचण्ड शुक्रबार साँझबाटै खुमलटार बस्न थालेका छन् । प्रचण्डका नयाँ घरधनी अधिकारी माओवादी केन्द्रका समानुपातिक तर्फका सभासद सूचिका उम्मेदवार पनि हुन् । माओवादी निकट निर्माण व्यवसायी समेत रहेका अधिकारी नेपाल निर्माण व्यवसायी महासंघको सल्लाहकार पनि हन् ।

अधिकारीको ललितपुर मानभवनमै रहेको अर्का घरमा भने यस अगाडी पनि माओवादी एकता प्रक्रिया सुुरु गर्ने बैठक बस्ने गरेको थियो । पछिल्लो पटक एमाले–माओवादी बीचको पार्टी एकताका लागि पनि एमाले माओवादीका शीर्ष नेताले सोही घर प्रयोग गरेका थिए ।

अधिकारी प्रचण्डको पछिल्लो पटक पारिवारिक सहयोगीका रुपमा पनि रहदै आएका छन् । दाहालका छोरा प्रकाशले वीना मगरलाई विवाह गरी घर भित्राएपछि उनै अधिकारीले प्रकाश र वीनालाई संरक्षण दिएका थिए ।

यी दुई पररिवारका बीचमा पारिवारिक सम्बन्धकै रुपमा आवतजावत हुँदै आएको थियो । चाडपर्व, जन्मोसत्वलगायतका विशेष पार्टी, सम्मेलनमा यी दुवैका परिवारबीचमा आवतवजावत हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्