Logo

चीनमा बुबोनिक प्लेगले लियो एक जनाको ज्यान, संक्रमण फैलिने डरले गाउँ शील



Spread the love

२६ साउन, एजेन्सी – चीनमा कोरोना भाइरसकाे संक्रमण सेलाउन लाग्दै गर्दा अर्काे भाइरसकाे संक्रमण फैलिन थालेको छ । चीनमा केहीदिन यता बुबोनिक प्लेग फैलिरहेको छ ।

चीनमा पछिल्लो दिन एक जनाको बुबोनिक प्लेगका कारणले मृत्यु भएपछि अधिकारीहरूले गाउँ नै शील गरेका छन् । बुबोनिका प्लेगले महामारीको रूप लिनसक्ने भन्दै सतर्कता अपनाउन गाउँ शील गरिएको बताइएको छ ।

गत बिहीबार मृत्यु भएका देशको भित्री मंगोलिया क्षेत्रमा पर्ने गाउँका मानिसमा बुबोनिक देखिएपछि स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।

मृत्यु भएका पुरूषमा रक्त सञ्चारकाे समस्या देखिएको थियो । तर, पछि स्वास्थ्य परीक्षण गर्दा उनमा बुबोनिक संक्रमण समेत देखियो ।

प्रशासनले हाल ३५ जनालाई निगरानीमा राखेको छ भने बुबोनिक संक्रमण भएको एकजनालाई क्‍वारेन्टाइनमा राखेको छ ।

विश्‍व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार हरेक वर्ष एकदेखि दुई हजार मानिसहरुको प्लेगबाट मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्