Logo

गोंगबु हत्याकाण्डमा संलग्न आरोपी सार्वजनिक



Spread the love

२७ साउन, काठमाडौँ । प्रहरीले टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या आरोपीलाई सार्वजनिक गरेको छ । हत्या आरोपी चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाे हो।

दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

चितवनबाटै एम्बुलेन्स चालक र दुई छोराछोरीलाई पनि काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियाे ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि एम्बुलेन्समा कल्पना १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर चितवन भागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्