Logo

पूरा नभएको सुशान्तको त्यो इच्छा



Spread the love

२७ साउन, एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको २ महिना पुग्नै लाग्दा पनि उनको परीवार यस संकटकाे घडीबाट उठ्न सकेको छैन । परिवारमा सदस्यहरू उनकाे सम्झनमा तस्बीरहरू सेयर गरिरहेका हुुन्छन् ।

त्यसैगरी सुशान्तकी भाञ्जी मल्लिकाले सुशान्तकाे पूरा हुन नसकेको चाहनाबारे कुरा बाहिर ल्याएकी छिन् ।

मल्लिकाले अब सामाजिक सन्जालमा सुशान्तले एस्ट्रोनोमिको कक्षा लिने बताएकाे र उनको त्यो इच्छा अधुरै रहेको भन्ने सामग्री सेयर गरेकी हुन् ।

सुशान्तको मृत्युका बारेमा विभिन्न शंका उपशंका भेटिए पनि प्रहरी घटनाको निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्