Logo

‘मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ’



Spread the love

२७ साउन, एजेन्सी – पाकिस्तानी सरकारले जनताकाे समस्यामा ध्यान नदिएको आरोप लगाएका छन् । राजनीतिक दल जमइत उलेमा-ई-इस्लामका प्रमुखसमेत रहेका मउलाना फजलुर रहमानले सरकराले जनताको समस्यामा ध्यान नदिएको आरोप लगाएका हुन् ।

पाकिस्तानी जनताहरू खाना नपाएर मर्नुपर्ने अवस्था बन्दासमेत सरकार जनताका समस्याप्रति उत्तरदायी नबनेको रहमानले आरोप लगाएका छन् ।

डेरा इस्माइल खानमा जेयूआई प्रान्तीय कार्यसमितिलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् ।

उनले भने, “विश्वव्यापी एजेन्डाको एक हिस्साका रूपमा पाकिस्तानमा रहेका “छानिएका शासकहरू” आफ्नो उद्देश्यहरू पूरा गर्न व्यस्त छन् । उनले थपे, “जबकि शेखुल हिन्दको आध्यात्मिक उत्तराधिकारीहरूले भने उनीहरूको एजेन्डा विफल पार्न संघर्ष गरिरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्