Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

२८ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ८ सय ८७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६१ हजार २ सय ५२ जना संक्रमित हुँदा ८ सय ३५ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २३ लाख २८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १६ लाख ३८ हजारभन्दा बढी निको भइसकेका छन् भने ४६ हजार १ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्