Logo

दुई दिनदेखि हराएका कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता मृत भेटिए



Spread the love

२८ साउन, काठमाडौँ । कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बलराम बानियाँ मृत भेटिएका छन् । बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो ।

परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

बानियाँलाई खोलाले बगाएर मकवानपुर पुर्याएको महानगरीय अपराध महाशाखाको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्