Logo

महोत्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्युु



Spread the love

२८ साउन,जनकपुर । महोत्तरीमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुधबार मठिहानी नगरपालिका वार्ड नम्बर ६ बस्ने एक जना ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मधुमेह र फोक्सोका रोगी रहेका उक्त पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो ।

उपचारकै क्रममा उनको स्वाब लिइ परीक्षणको लागि प्रयोगशालामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्