Logo

नेपालमा थपिए ४८४ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु



Spread the love

२८ साउन, काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप ४८४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २४४३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ६४ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १६७२८ पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्