Logo

सामाजिक सञ्जालमा सम्प्रेषण भएका गतिविधिबारे गाउँपालिकाको ध्यानाकर्षण, कारबाही गर्ने चेतावनी



Spread the love

२८ साउन, गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले पछिल्लो समय सामाजिक सञ्जालमा सम्प्रेषण भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । भने कानुन विपरीत जाने जो कोहिलाई पनि प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

बुधबार गाउँपालिका अध्यक्ष रित बहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, “लोकतान्त्रिक शासन पद्धतिले नागरिकलाई प्रदान गरेको स्वतन्त्रताको हकको मालिका गाउँपालिका उच्च सम्मान गर्दछ र सो अधिकारको पुर्ण परिपालनाको लागि प्रतिबद्ध समेत छ । पारदर्शी शासन प्रणालीलाई अपनाउँदै सुशासनयुक्त गाउँपालिका निर्माणको दिशामा अघि बढिरहेको मालिका गाउँपालिकाले भष्ट्रचार विरुद्धको शुन्य सहनशीलताको नीतिलाई समेत अङ्गिकार गरेको छ ।”

पछिल्लो समयमा मालिका गाउँपालिकाको राजनितिक,प्रशासनिक तथा विकास प्रशासनका सम्वन्धमा सामाजिक सञ्जालहरुमा विभिन्न व्याक्तिहरुबाट सम्प्रेषण भएका विचारहरुप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

आवश्यकता अनुसार सोध्ने/बुझ्ने र गलत ठहरिएमा जो सुकैलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने वा कारबाहीको लागि सम्बन्धित निकायमा पठाउने अधिकार समेत गाउँपालिकासँग रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

तर, सामाजिक सञ्जालमा सुचना सम्प्रेषण गरेका भनिएका शिक्षक कृष्ण घिमिरेले भने फरक अभिव्यक्ति दिएका छन् ।सल्लेरी खबरलले सम्पर्क गर्दा उनले भने, “मैले गाउँपालिकाको दिगो विकास र पार्दशिताको बारेमा कुरा उठाएको हुँ । तर, सिङ्गाे कार्यापालिकाको बैठकमा बोलाएर ठाडो भाषा प्रयोग गरि थर्काईयो । तीन दिनभित्र लिखित जवाफ समेत मागियो । गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले म प्रति गरेको व्यवहार आपत्तिजनक छ । कार्यापालिकाकै बैठकमा डाकेर मलाई थर्काउन आवश्यक थिएन ।”

उनले सल्लेरी खबरलाइ बाहिरको हल्लामा सत्यता नभएकाे समेत बताएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्