Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या केही घट्यो



Spread the love

२९ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १३ सय ७९ जनाको मृत्यु भएको छ भने हिजो १२ तारिखमा १३ सय ९५ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या केही घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको हो । ५४ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ६९ हजार १ सय २४ जनाको मृत्यु भएको छ भने ५३ लाख ६० हजार भन्दा बढी संक्रमित भएका छन् । २८ लाख ५ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्