Logo

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता जारी



Spread the love
फाइल तस्बिर

२९ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार दुवै अध्यक्षबीच नौ दिनपछि भेटवार्ता भएको हो ।

ओली प्रचण्डबीच बिहीबार बिहान सवा ११ बजेबाट बालुवाटारमा भेटवार्ता भइरहेको सचिवालयले जानकारी दिएकाे छ।

दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्