Logo

२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कति जनाको मुत्यु ?



Spread the love

२९ साउन, काठमाडौँ । २४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

होत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकाी अस्पतालमा मृत्यु भएको छ भने धनुषाको मिथिला- ७की ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । 

अछाम रामारोशन गाउँपालिकाका १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ ।  मोरङको विराटनगर महानगरपालिका- ३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । जसमा पुरुष ७३ जना र महिला २२ जना रहेका छन् । 
 

 

प्रतिक्रिया दिनुहोस्