Logo

हालसम्म २६ हजार १९ जना कोरोना संक्रमण भएका मध्य कति जना डिस्चार्ज !



Spread the love

३१ साउन, काठमाडौं। पछिल्लो २४ घण्टा यता नेपालमा कोरोनालाई जितेर २०१ जना घर फर्किएका छन् । हिजो तुलनामा आज डिस्चार्ज हुनेको संख्या १५६ ले बढेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनालाई जितेर २०१ जना घर फर्किएका छन् । आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या ३ गुणाले बढेको छ । आज ४ सय ६८ कोरोना संक्रमण भएकाे  प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् ।

आज देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको छ। यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्