Logo

नेपालमा थप एक जनाको मुत्यु, हालसम्म नेपालमा कोरोनाबाट कतिको मुत्यु ?



Spread the love

३१ साउन, वीरगञ्ज।  कोरोना संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शनिबार बिहान अचानक श्वासप्रश्वासमा समस्या आउनुका साथै नाक र मुखबाट रगत निस्केपछि उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। वीरगञ्जको आठराहा सुगौली टोल घर भएका ४५ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०३ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्