Logo

एकैदिन डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण



Spread the love

३२ साउन, चितवन । आइतबार बिहान चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाले जनाएको छ ।

शनिबार रातिसम्म परीक्षण गर्दा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ साथै सर्लाहीका थप एक जना बिरामीमा पनि भएका छन् ।

चितवनका २७ कोरोना संक्रमण हुने मध्य भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् भने संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् । संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् ।

परीक्षणमा गर्दा भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्