Logo

हिजोभन्दा आज कोरोनाबाट मुत्यु हुनेको संख्या बढ्यो



Spread the love

१ भदाै, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले मेक्सिको पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत महिनासम्म सामान्य रहेको मेक्सिक अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले संसारमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरस १ नम्बरमा अमेरिका, २ ब्राजिल, ३ भारत र पछि रसिया रहेको छ भने अहिले मेक्सिको विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको ६ ओँ स्थानमा पर्न जान्छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।

मेक्सिकमा २४ घण्टा यता ६ सय ३५ जनाको संक्रमणबाट ज्यान गएको छ भने ७ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या २० ले बढेको छ । मेक्सिकोमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

मेक्सिकोमा कोरोनाबाट हालसम्म ५ लाख १७ हजार ७ सय १४ जना संक्रमित भएका छन् भने ५६ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । ३ लाख ५१ हजार ३ सय ७२ उपचारपछि निको भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्