Logo

आज ६४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

३२ साउन, काठमाडौं । आज थप ६४१ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या १७४ ले बढेको छ ।

२४ घण्टा याता ६४१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौैं १२६,मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८,ललितपुरमा ३८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११/११ जना, बाँकेका १०, भक्तपुर नवलपरासी र महोत्तरीका ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३/३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका १/१ जना संक्रमित भएका छन् ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । उनीहरुमध्ये १०६ जनाको मृत्यु भएको छ भने १७ हजार ३ सय ३५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्