Logo

मेयरसहित परिवारका १४ जनामा कोरोना संक्रमण



Spread the love

१ भदौ, वीरगञ्ज । नेपालमा कोरोना संक्रमण दिनप्रति दिन उच्च जोखिम रहेको जिल्ला पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारको १४ परिवार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनको परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मेयर र उनको परिवारका सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको हो। मेयर रौनियारसँग निकट सम्बन्ध रहेका अन्य १० जनामा पनि संक्रमण देखिएको पोखरिया अस्पतालले जनाएको छ।

साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्