Logo

आज ५८१ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

३२ साउन, काठमाडौं । आज थप ५८१ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या ६० ले घटेको छ ।

२४ घण्टा याता ६४१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १३९, पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्की,ललितपुरका १५/१५, भक्तपुरका १४,कञ्चनपुरका १२ र रौतहटका ११, झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४/४ जना, धनुषा र जुम्लाका ३/३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २/२ सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्