Logo

नेपालमा कोरोना सक्रमणबाट थप एक जनाको मुत्यु



Spread the love

१ भदौ, विराटनगर । कोरोना सक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

सोमबार बेलुका विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले आइतबार भर्ना भएका पुरुषको सोमबार बेलुका मृत्यु भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा सोमबार दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको हो ।

हलसम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्