Logo

एकै चोटी दुई जिल्ला थपिए १२३ जनामा कोरोना संक्रमित



Spread the love

२ भदौ, वीरगञ्ज । बारा र पर्सामा गरी आज १ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो सोमबार राति नारायणी अस्पतालमा गरिएको परीक्षण गर्दा वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका,अस्पतालका चिकित्सक, स्वास्थयकर्मी, पत्रकार लगायत जिल्लामा ६६ जनामा कोरोना सक्रमित थपिए छन् ।

यस्तै ११ सय वटा स्वाब संकलन गरी नारायणी अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएकोमा तीमध्ये थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये बाराका ११ जना, बहुदरमाई नगरपालिकामा मात्रै २५ जना, वडा नम्बर ४ बहुअरी पिडरी टोलका २० जना रहेका छन्। वीरगञ्जको रेडियोमा कार्यरत एक जना पत्रकार,जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताका गरी ७ जना प्रहरीमा समेत कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्