Logo

आज १ हजार १६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२ भदौ, काठमाडौं । आज थप १ हजार १६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या ४३५ ले बढेको छ ।

२४ घण्टा याता १ हजार १६ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १३८, पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४,ललितपुरका ५०चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१/२१ जना, कपिवलस्तुमा १९, भक्तपुरका १७सिराहा र कास्कीमा १६/१६ जना र रुपन्देहीमा १४, बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३/३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २/२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु भएको छ भने १७ हजार ५८० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्