Logo

काठमाडाैँ उपत्यकामा पनि निषेधाज्ञा, कति दिनसम्म ?



Spread the love

२ भदाै, काठमाडाैँ – काठमाडाैँ उपत्यकामा पनि निषेधाज्ञा हुने भएको छ ।

काठमाडौ, ललितपुर तथा भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

उपत्यकामा बुधबार रातिदेखि एक हप्ता निषेधाज्ञा लागु गर्ने निर्णय बैठकले गरेको हो ।

निषेधाज्ञा लागु गर्न गृह मन्त्रालयलाई बैठकले सिफारिस समेत गरिसकेको बताइएको छ ।

उपत्यकामा पनि दिनदिनै कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । काठमाडाैँ उपत्यकामा मंगलबार २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्