Logo

परराष्ट्र मन्त्रालयका तीन सहसचिव राजदूत सिफारिस



Spread the love

२ भदाै, काठमाडाैँ – सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तीका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले वेल्जियम, युरोपियन युनियन, पाकिस्तान र जर्मनीका राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलाई वेल्जियम र युरोपियन युनियन, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्ती गर्ने सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत समाज कल्याण परिषद् कोषाध्यक्षमा लोकनाथ सुवेदीलाई नियुक्ती गरिएको मन्त्री डा खतिवडाले जानकारी दिए ।

यसैगरी युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा आर्थिक वर्ष २०७७र७८ का लागि १६ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा खोटाङका डा देवराज रोकालाई नियुक्ती गरेको सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्