Logo

कोरोनाभाइरसको निःशुल्क खोप दिइने



Spread the love

३ भदाै, एजेन्सी – अष्ट्रेलियाले कोरोनाभाइरस खोप सफल भएको खण्डमा आँफै उत्पादन गर्ने आफ्ना सबै नागरिकलाई निः शुल्क उपलब्ध गराउने भएको छ ।

अस्ट्रेलिययाका प्रधानमन्त्री बेलायतसँग सहकार्य गरेको भ्याक्सिन सफल भए सबै नागरिकले निः शुल्क पाउने बताएका हुन् ।

प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाले ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकासँग अक्सफोर्ड विश्वविद्यालयमा विकास भइरहेको कोरोना विरूद्धको खोप प्राप्त गर्न सम्झौता गरेको बताएका छन्।

उनले भने, “हामी यो खोप सफल भए धेरै डोज उत्पादन गर्नेछाैँ र २५ मिलियन जनसंख्यालाई निः शुल्क उपलब्ध गराउने छाैँ ।”

प्रतिक्रिया दिनुहोस्