Logo

राष्ट्रिय झन्डा जलाउने समूहका चार जना पक्राउ



Spread the love

३ भदाै, काठमाडाैँ – गीतमा राष्ट्रिय झण्डा जलाउनेहरूमध्ये चारजना पक्राउ परेका छन् । भदाै १ गते अपलोड भएर भाइरल भएपछि सो गीतमा संलग्न चार जना पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार अन्य ६ जना व्यक्तिहरूको पहिचान भइसकेको र खोजी तीब्र पारिएको छ ।

थापाले मंगलबार दिनभर खटिएर उक्त समुहका चार जना पक्राउ गर्न प्रहरी सफल भएको थापाले बताए । उनीहरू सबै काठमाडाैँका विभिन्न स्थानबाट पक्राउ परेको पनि उनले जानकारी दिएका छन् ।

उक्त भिडियो काठमाडाैँ मै इडिट गरेर युट्युबमा गरिएको भन्ने पत्ता लागेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्