Logo

राष्ट्रकवि घिमिरेलाई भौतिक रुपमा विदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति : उपराष्ट्रपति पुन



Spread the love

३ भदौ, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन प्रती उपराष्ट्रपति नन्दबहादुर पुनले दुःख व्यक्त गरेका छन् । पुनले शोक वक्तव्य जारी गर्दै नेपाली साहित्यका शीर्ष व्यक्तित्व घिमिरेको दुःखद निधनले स्तब्ध भएको बताए ।

‘मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । कतिपय मानिस भौतिक रुपमा विदा हुन्छन्, तर आफ्नो कर्म, राष्ट्र तथा मानव जातिका लागि गरेका योगदानका कारण अजर अमर रहन्छन्,’ पुनले भनेका छन् । ‘राष्ट्रकवि घिमिरेलाई भौतिक रुपमा विदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्