Logo

नेपालको राष्ट्रिय झण्डा जलाएर गित बनाउने नौ जना पक्राउ



Spread the love

३ भदौ, काठमाडौं । प्रहरीले नेपालको राष्ट्रिय झण्डा जलाएर गीत बनाएको भिडियो अपलोड गर्ने कार्यमा संलग्न नाै जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बिहान दिएको जानकारी अनुसार गीत बनाउन तथा युट्युबमा अपलोड गर्ने कार्यमा संलग्न गायक तथा मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित नाै जनालाई पक्राउ गरेको हो ।

भदाै १ गते ‘मंगोल होप अफिसियल च्यानल’बाट देशद्रोही नामक भिडियो अपलोड भएको थियो । सो भिडियोमा जातिय खलल ल्याने खालको गिती शब्द थियो भने नेपाली झण्डा जलाइएको थियो ।

सो कार्यमा संलग्न सबैलाई कानुन अनुसार कारबाही हुने समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्