Logo

हालसम्म नेपालमा सबैभन्दा कम जोखिम रहेका १० जिल्ला !



Spread the love

३ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामानै संक्रमित भेटिएसंगै उच्च जोखिममा रहेको छ । अहिले कुनै ठाउँ कोरोना भाइरस सङ्क्रमणको त्रासले जहीँतहीँ सिल गर्दै आएका छन् ।

पछिल्लो समय सामान्य रहेको कोरोना लक डाउन खुकुलो हुदा झन् झन् कोरोना संक्रमण देखिन थालेका छन् । अहिले गाउँ भन्दा पनि सहर निकै जोखिम बनेको छ । अझ हामीले आफै सचेत भएनौँ भने झन् संक्रमणको तिब्र रुप लिने सक्ने डब्ल्यूएचओले जनाएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११९ जनाको मृत्यु भएको छ भने १७ हजार ५८० जना निको भएका छन् । त्यसैगरी सबै भन्दा कम संक्रमित भेटिने जिल्लाको सूचिमा मनाङ, मुस्ताङ र हुम्लामा रहेका छन्।

१. मनाङमा- १
२. मुस्ताङमा – १
३. हुम्लामा- ५
४.डोल्पामा – ५
५. संखुवासभामा- ९
६. भोजपुरमा – ८
७. सोलुखुम्बुमा- ८
८. तह्रथुममा- ९
९. पाँचथरमा – १०
१०. मुगु– १२

प्रतिक्रिया दिनुहोस्